भारतमा एकै दिनमा ३२ हजार ९८१ कोरोना संक्रमित थपिए

भारतमा आइतबार थप ३२ हजार ९८१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे छ।  

यससँगै कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ। 

जसमध्ये ९१ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । 

सो मन्त्रालयका अनुसार हाल ३ लाख ९६ हजार ७२९ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २९ औं दिन हो । 

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ३९१ जनाको मृत्यु भएको र  यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ५७ पुगेको छ । 

भारतभरी सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ५२  हजार २६६ अझै पनि सक्रिय संक्रमित  रहेका आइतबार जनाइएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ७७ लाख ८७ हजार नमूना परीक्षण गरेको जनाएको छ ।  

प्रकाशित मिति: : 2020-12-07 16:58:00

प्रतिकृया दिनुहोस्