यसरी भयाे श्वेताकाे विवाह (तस्वीरहरु)

नायिका श्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन्। 

सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन्।

नायिका खड्काले आइतबार आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी थिइन्।

विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन्।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।

श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन्।

तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित मिति: : 2020-12-07 14:31:00

प्रतिकृया दिनुहोस्