विक्रमवीर थापा
मभन्दा एक वर्षले जेठा मेरा मित्र छन्, खाट्टि गोर्खे। मलाई भन्ने गर्छन, ‘नेपाली नेपालको। म नेपाली होइन, पियोर गोर्खा भारतको।
उनकी श्रीमती पनि खाट्टि गोर्खे छिन्। उनी पनि भन्छिन्,‘नेपाली नेपालको। म नेपाली होइन। पियोर गोर्खा भारतको।’
उनी कुरालाई अगाडि बढाउँदै भन्छिन्, ‘नेपालीको संस्कृतिलाई हामीले मान्नु हुन्न। हामी पियोर गोर्खा हौँ। हाम्रो आफ्नै संस्कृति हुनुपर्छ। खानपान पनि अलग,जसलाई देखेर सबैले थाहा पाउन हाम्रो परिचय।’
एकदिन म मित्रको घरमा दिउँसो पुगेँ। मित्रकी श्रीमतीले पिँडालु र आलु ओखली जस्तो चीजमा कुटिरहेकी थिइन। मैले सोधेँ, ‘के गर्नुभएको भाउजु।’
उत्तर आयो, ‘आलु र पिँडालु कुटेको, बिन्की हाल्नु पऱ्यो भनेर। मैले सिन्कीको नाम सुनेको थिए।
सिन्कीको अचार पनि खाएको थिएँ तर बिन्की? अचम्म लाग्यो। कहिले नसुनेको नाम। सोधेँ, ‘भाउजु मैले त सिन्कीको नाम सुनेको छु। अचार पनि खाएको छु। मूलाको सिन्की राम्रो हुन्छ।’
उहाँले भन्नुभयो, ‘सिन्की त मुलाले बनाइने नेपालीले खाने नेपालीको संस्कृति हो। हामी पियोर गोर्खा। हाम्रो आफ्नै अलग संस्कृति हुनुपर्छ। नेपालीसँग नमिल्ने नाम भएको कारण मैले सिन्की होइन, बिन्की बनाउन पिँडालु र आलु कुटेको।’
उहाँको कुरा सुनेर म त जिल्ल परेँ। फेरि एकदिन यसो घुम्दै दिउँसो उहाँको घर पुगेको, कर्कोलोको पात र आलुको पात एकैसाथ मिसाएर कुट्दै हुनुहुदोरहेछ। फेरी सोधेँ,‘ के गर्नुभएको भाउजु।’
उत्तर दिँदै भन्नुभयो– धुन्द्रुक बनाउन भनेर पिँडालुको पत्ता र आलुको पत्ता कुटेको। रायोको पत्ता र मुलाको पत्ताले बनाएको गुन्द्रुक त नेपालीले खाने संस्कृति हो। हामी पियोर गोर्खा। हाम्रो आफ्नो अलग सस्कृति हुनुपर्छ्र,जसले गुन्द्रुक खान्छ,त्यो नेपाली। जसले घुन्द्रुक खान्छ,त्यो गोर्खा।
भाउजुको कुरा सुनेपछि मलाई लाग्यो, त्यहाँ धेरैबेर बस्नु हुदैन। म तुरुन्त भागेँ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया