पाकिस्तानमा अक्सिजनको अभावले ६ काेराेना संक्रमितकाे मृत्यु

पाकिस्तानमा अक्सिजनको अभावले ६ जना बिरामीको ज्यान गएको छ।

पेशावरमा रहेको खैबर टिचिङ अस्पतालमा अक्सिजन आपूर्तिमा ढिलाइ हुँदा उनीहरुको ज्यान गएको हो। 

ज्यान गुमाउने ६ जनामध्ये ५ जना कोरोना भाइरस संक्रमित रहेको स्थानिय सञ्चारमाध्यमले जनाएको छ। 

बिरामीका आफन्तका अनुसार बेलेमै अक्सिजन पुर्‍याउन पटकपटक आग्रह गरे पनि सुनुवाइ नहुँदा बिरामीको ज्यान गएको हो।

तर, अस्पताल प्रशासनले भने अक्सिजन आपूर्ति गर्ने सप्लाई कम्पनीको ढिलाइका कारण बिरामीको ज्यान गएको प्रतिक्रिया दिएको छ। 

अक्सिजनको अभाव भएपछि बिरामीका आफन्तलाई आफैँ अक्सिजनको सिलिन्डर व्यवस्था गर्न भने पनि केहीले मात्रै व्यवस्था गर्नसकेका अस्पतालका कर्मचारीले बताएका छन्।

 

प्रकाशित मिति: : 2020-12-07 13:09:00

प्रतिकृया दिनुहोस्