कोरोना संक्रमित मृतकको अनुहार आफन्तले कहिलेसम्म हेर्न नपाउने?

थाहा खबर

काठमाडौँ

अतिन आचार्य

पछिल्लो समय मुलुकभर कोरोना संक्रमणबाट सरदर दैनिक १० जनाभन्दा बढीको मृत्यु भइरहेको छ। होम आइसोलेसनमा बसेका भन्दा अस्पतालमै उपचार गराइरहेकाहरुको कोरोनाबाट बढी निधन भएको तथ्यांकले देखाएको छ।

 

 

अस्पतालमा मृत्यु भएका संक्रमितको शव मृतकका आफन्तले हेर्न नपाएकोमा गुनासो बढ्दै गएपछि सरकारले यस मापदण्डमा तीन महिनाअघि केही खुकुलो बनाएको थियो। 

जसअनुसार होम आइसोलेसनमा बसेका संक्रमित र अस्पतालमा मृत्यु भएकाको अन्त्येष्टि गर्न मृतकको रीतिरिवाजअनुसार स्वास्थ्य मापदण्ड अपनाएर गर्न सकिने भएको छ। यस मापदण्डका कारण हाल भने घरमै मृत्यु भएका संक्रमितको शव व्यवस्थापन परिवारले गर्न पाएका छन्।

तर अस्पतालमा मृत्यु भएका संक्रमितको अनुहार भने परिवारले हेर्नसमेत पाउँदैनन्। जसका कारण मृतकका परिवारले बेलाबेलामा यसप्रति गुनासो गर्दै आएका छन्। उनीहरुका अनुसार यो विभेद हो। 

अर्कोतर्फ शव व्यवस्थापनमा संक्रमण जोखिम बढ्ने भन्दै अहिले पनि सेनाले मृतकका आफन्तलाई लास हेर्नसमेत दिएका छैनन्। शव व्यवस्थापन गर्न परिवारले सहजै पाउन सक्ने अवस्था छैन।

 

प्रकाशित मिति: : 2020-12-05 19:57:00

प्रतिकृया दिनुहोस्