वैदेशिक रोजगारीमा धेरैको आर्थिक चलखेल छ

नेपाल लाइभ

काठमाडौँ

कुमार दाहाल

गत फागुन २९ सम्म अगाडि जुन प्रकारले वैदेशिक रोजगारी सहज थियो, त्यस्तो सहज यतिबेला छैन। गत फागुन २९ गतेदेखि भदौ १४ गतेसम्म वैदेशिक रोजगारीका प्राय सबै प्रकारका गतिविधि बन्द भए। जस्तैः श्रम स्वीकृति, मागपत्र प्रमाणीकरण लगायत कामहरु भदौ १४ गतेदेखि माग सुरु भएका हुन्। मागपत्र प्रमाणीकरण तथा श्रम स्वीकृति जारी गर्नेलगायत काम यतिबेला खुल्ला छन्। विश्वका जुनसुकै मुलुकमा अहिले व्यक्तिगत तथा संस्थागत रुपमा नेपाली जान सक्छन्। यसलाई नेपाल सरकारले क्याबिनेटबाटै निर्णय गरेर सबै खुल्ला गरिसकेको छ। यसमा अब कुनै प्रतिबन्ध छैन। 

मध्यपूर्वका साउदी युएईलगायत केही देशहरुले आन्तरिक व्यवस्थापनका कारण मागपत्र प्रमाणीकरण गरिराखेको अवस्था छैन। यस सम्बन्धमा हिजो मैले परराष्ट्र मन्त्रालयमा कुरा गरेको थिएँ। परराष्ट्र मन्त्रालयमार्फत् मागपत्र प्रमाणीकरणको कामलाई सहजीकरण गरिदिनु पर्‍यो भनेर विभाग तथा श्रम मन्त्रालयका तर्फबाट अनुरोध गरिरहेका छौँ। आन्तरिक व्यवस्थापनका केही असहज विषय छन् भनेर उहाँहरुले भनिरहनु भएको छ। यो विषयमा आन्तरिक व्यवस्थापनको कारण देखाएर कुनै कार्यालयहरुले केही समय सेवा म बन्द गर्छु भन्दा नपाउने विषय पनि होइन।

प्रकाशित मिति: : 2020-12-03 08:21:00

प्रतिकृया दिनुहोस्