लेस्टर फुलहमसँग हार्‍याे

बिएल संवाददाता

काठमाडाै‌ं

फुलहमले पहिलो हाफमा लिएको दुई गोलको अग्रता जोगाउदै इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेकाे छ। 

किङ पावर स्टेडियममा साेमबार राति लेस्टर घरेलु मैदानमै फुलहमसँग २–१ ले पराजित भएकाे हाे।

फुलहमको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले गोल गरे। 

३०औं मिनेटमा एन्ड्रे फ्रान्क जाम्वाएनगुइसाको पासमा एडेमोला लुकमानको गोलमा अग्रता लिएको थियो। 

३८औं मिनेटमा क्रिस्टियन फुचले पेनाल्टी बक्समा बोब्बी रेइडलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै फुलहमलाई पेनाल्टी प्रदान गरेको थियो। 

जसलाई इभानले गाेलमा परिरणत गरे। 

८६औं मिनेटमा घरेलु टोलीका हार्भे बार्नेसले गोल गरे। तर हार टार्न सकेनन्।

यो हारसँगै लेस्टरले शीर्ष दुईमा रहेको टोटेनहमर लिभरपुलसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ। लेस्टर १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ।

टोटेनहम र लिभरपुलको समान २१ अंक रहँदा चेल्सी १९ अंकसहित तेस्रो स्थानमा छ। फुलहम ७ अंक जोडेर१७औं स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2020-12-01 07:49:00

प्रतिकृया दिनुहोस्