‘कोरोना संक्रमित वृद्धवृद्धालाई आइसोलेसनमा राख्दा मृत्युदर झन् बढेको छ’

काठमाडौंप्रेस

काठमाडाै‌ं

अहिले कोरोनाका कारण मृत्यु हुने मानिसमध्ये अधिकांश वृद्धवृद्धा छन्। जाडो मौसममा यसैपनि वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिने र अहिले कोरोनाका कारण झन् वृद्धवृद्धाको मृत्युदर बढेको देखिएको छ। कोरोना र वृद्धवृद्धाको मृत्युदरको सम्बन्ध के छ भन्ने विषयमा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग काठमाडौं प्रेसका लागि शोनी शाहीले गरेको वार्ता। 

-अहिले कोरोनाकै कारणले वृद्धवृद्धाको मृत्युदर बढेको हो? 

कोरोना भाइरसको महामारी फैलनु अघि पनि जाडो मौसममा हरेक वर्ष वृद्धवृद्धाको मृत्युदर बढ्ने गरेको थियो। निमोनिया, दम लगायतका विभिन्न दीर्घरोगीमा जाडोमा देखिने विभिन्न स्वास्थ्य समस्याका कारण निधन हुने गरेको छ। गर्मी मौसमको तुलनामा जाडो मौसममा वृद्धवृद्धाको मृत्यु बढी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

प्रकाशित मिति: : 2020-11-30 17:15:00

प्रतिकृया दिनुहोस्