घरेलु मैदान आर्सनल वल्भ्ससँग स्तब्ध

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिगमा आर्सनल वल्भ्ससँग स्तब्ध बनेको छ।  

घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले वल्भ्ससँग २–१ को हार बेहोरेको हो।

वल्भ्सको जितमा पेड्रो नेटो र ड्यानियल पोडेन्सले गोल गरे। आर्सनलका गाब्रियलले गरेको गोल सान्त्वना बन्यो।

२७औँ मिनेटमा पेड्रो नेटोले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए। 

३०औँ मिनेटमा विलियनको पासमा गाब्रियलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

४२औँ मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै वल्भ्सलाई २–१ को अग्रता दिलाए।

जितसँगै वल्भ्स १० खेलबाट १७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। पराजित आर्सनल १३ अंकसहित १४औँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-11-30 07:32:00

प्रतिकृया दिनुहोस्