कोरोना संक्रमित मन्त्री दावादोर्जेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियाे

कोरोना भाइरस संक्रमण देखिएका वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् मंगलबार बिहान १०:३० बजे उनलाई काठमाडौं लगिएको हो। 

 हेटौंडा सिमेन्ट उद्योगस्थित आफ्नै क्वार्टरमा आइसोलेसनमा बसेका मन्त्री लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि  काठमाडौं पठाइएको सचिवालयले जनाएको छ।

शरीरमा अक्सिजनको मात्र पर्याप्त नभएको र उहाँमा खोकी धेरै देखियो। थप उपचार काठमाडौं गएर गर्न सुझाएपछि सोही अनुसार गरेका हौं,’ मन्त्रीका स्वकीय सचिव सुरज थपलियाले भने। 

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा मंसिर ५ गते गरेको स्वाब परीक्षणमा मन्त्री लामालाई कोरोना संक्रमण देखिएको थियो। 

उनको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा उपचार गरिनेछ।
 

प्रकाशित मिति: : 2020-11-24 11:58:00

प्रतिकृया दिनुहोस्