एसएसपी सिंहले सम्हाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

बिएल संवाददाता

काठमाडाै‌ं

बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहलाई महानगरीय प्रहरी परिसर, काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

सिंहले साेमबार बिहानबाट जिम्मेबारी सम्हालेका हुन्। 

गृहमन्त्रालयले मंसिर ५ गते काठमाडौं लगायतस्थानका ३३ जना एसएसपीको सरुवा गरेको थियो। 

प्रहरी प्रधान कार्यालयले हाल प्रमुख रहेका एसएसपी श्यामलाल ज्ञवालीको सरुवा गर्दै सिंहलाई पठाएको हो। 

त्यस्तै यसअघि एसएसपी ज्ञवालीको विदाई समेत गरिएको छ।

त्यसै गरि महानगरीय प्रहरी परिसर ललितपुरमा पनि एसएसपी किरण बज्रचार्याले जिम्मेबारी सम्हालेकी छिन्। 

त्यहाँ टेकप्रसाद राई प्रमुखको जिम्मेवारीमा थिए। उनलाई पनि विदाई गरिएकाे छ।

यता महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसएसपी जनक भट्टराइको स्वागत गरिएको छ। आज एसएसपी भीमप्रसाद ढकालको विदाई गर्दै उनलाई भित्र्याइएकाे हाे। 

प्रकाशित मिति: : 2020-11-23 13:53:00

प्रतिकृया दिनुहोस्