मुकेश चौरसियाको हत्याका मुख्य अभियुक्त पक्राउ

नेकपाका जिल्ला सदस्य मुकेश चौरसियाको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।

पर्साको बिन्दवासीनी गाउँपालिका ५ प्रसौनीमा गत कार्तिक ६ गते नेकपा गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको दोहोरो झडपमा सोही ठाउँ निवासी ३४ वर्षीय चौरसियाको हत्या भएको थियो। 

सोही घटनाका मुख्य प्रतिवादी बिन्दवासिनी गाउँपालिका ३ इटियाही निवासी वर्ष ३८ का अखिलेश चौरसियालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ।

अशेसरप्रसाद चौरसिया भन्ने अखिलेश चौरसियालाई वीरगञ्ज महानगरपालिका २५ अलौं, श्रीसियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

त्यतिबेला भएको झडपको सार्वजनिक भएको भिडियो फूटेजमा चौरसियालाई बाँसले प्रहार गर्ने अखिलेश रहेको बताइएको छ। 

दुई पक्षवीच भएको झडपमा परि घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा वीरगञ्जको एलएस न्यूरो अस्पतालमा गत कार्तिक ७ गते निधन भएको थियो।

यस अघिनै अर्का आरोपति उत्तम तिवारी पक्राउ परिसकेका छन्। घटना भएकै दिन पनि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: : 2020-11-23 07:14:00

प्रतिकृया दिनुहोस्