पीसीआर परीक्षण गर्ने ४ वटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन माग

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने ४ वटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन माग गरेको छ।

स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र मन्त्रालयले स्पष्टिकरण दिन माग गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार परीक्षण नमुना तोकिएका समयमा भण्डारण नगरेका कारण स्पष्टिकरण सोधिन लागिएकाे हाे।

मन्त्रालयले भदौ ३१ गतेको कोभिड–१९ को पीसीआर परीक्षण गर्दा सबै प्रयोगशालाले नेगेटिभ रिपोर्ट आएको हकमा एक महिना र पोजिटिभ रिपोर्टको हकमा ३ महिनासम्म नमुना स्टोर गरी राख्नु पर्ने निर्णय गरेको थियो।

त्यसैगरी  नेपाल वायुसेवा निगमले स्वीकृति दिएको प्रयोगशालामा परीक्षणपश्चात नेगेटिभ देखिएका व्यक्तिहरूको हङकङ, दुबई र जापानमा पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको थियो।

लगत्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि छानबिन गरेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको संयोजकत्वमा छानबिन टोलीले स्थलगत अनुगमन गरेको प्रवक्ता गौतमले बताए।

प्रकाशित मिति: : 2020-11-22 17:51:00

प्रतिकृया दिनुहोस्