स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउनेलाई १४ दिन अनिर्वाय क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सिफारिस गरेको छ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)ले स्थल तथा हवाई मार्गबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न र त्यसअवधिमा लक्षण देखिए मात्र परीक्षण गर्ने व्यवस्था गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको हो।