क्यालिफोर्नियाका ५८ मध्ये ४१ काउन्टीमा कर्फ्यू, सबैलाई घरमै बस्ने आदेश जारी

अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू जारी भएको छ। कोरोना भाइरस संक्रमितकाे खंख्या तिब्र गतिमा बढ्दै गएपछि शनिबारदेखि रातिको समयमा कर्फ्यू लागु गरिएकाे हाे।

शनिबारदेखि स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यू जारी रहने क्यालिफोर्निया राज्य सरकारले जनाएको छ। 

यो आउँदो डिसेम्बर २१ सम्म कायम हुने छ। त्यसपछि काेराेना संक्रमितकाे अवस्था वा संख्या हेरेर थपघट गरिने सरकारले जनाएकाे छ।

याे निर्णय क्यालिफोर्नियाका ५८ मध्ये ४१ काउन्टीमा लागु गरिएकाे हाे। सबैलाई घरमै बस्ने आदेश जारी भएको छ।

काेराेना भाइरसबाट विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड २० लाख भन्दा धेरै छ। अहिलेसम्म काेराेना भाइरसकाे संक्रमणबाट दुई लाख ५५ हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन्।

अमेरिकाभर शनिबार काेराेना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई हजार भन्दा नाधेकाे थियाे। 

गएको मे यता पहिलो पटक एकै दिन दुई हजार भन्दा धेरैको ज्यान गएको हाे।

क्यालिफोर्नियामा गएको हप्ता कुल संक्रमितको संख्या १० लाख नाघ्येकाे थियाे। यसअघि टेक्सासमा संक्रमितको संख्या १० लाख भन्दा धेरै पुगेको थियो।

गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो। तर अहिले त्यो भन्दा पनि धेरै संक्रमण दैनिक रुपमा देखिन लागेको छ। 

अधिकांश राज्यहरुमा काेराेना संक्रमित तिब्र गतिमा बढ्न थालेकाे छ। विभिन्न राज्यहरुले मास्क लगाउन अनिवार्य गरेका छन्।

प्रकाशित मिति: : 2020-11-22 07:07:00

प्रतिकृया दिनुहोस्