ट्रम्पले प्रयोग गरेको ‘रेमडेसिवियर’ लाई डब्ल्यूएचओले आफ्नो सूचीबाट हटायो

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरूद्ध प्रयोग गरेको खोप ‘रेमडेसिवियर’ लाई आफ्नो सूचीबाट हटाएको छ। 

डब्ल्यूएचओले कोरोना भाइरसविरूद्ध विश्वमा कुनै पनि अस्पतालमा यसको प्रयोग भएको छ भने तुरुन्त रोक्न आह्वान गरेको छ। 

डब्ल्यूएचओले कोरोना भाइरसलाई निर्मूल गर्ने अभियानमा यो औषधिले राम्रो गरेको रिपोर्ट अहिलेसम्म आफूसँग नभएको स्पष्ट पारेको छ। 

चुनावी अभियानमा कोरोनाको आशंका गरिएपछि ट्रम्प तीन दिन मेरील्याण्डस्थित आर्मी अस्पतालमा भर्ना भएको थिए। उनलाई त्यहाँ ‘रेमडेसिवियर’ खोप लगाइएको उनका चिकित्सकको भनाई थियो।

ट्रम्पको कोरोनालाई लिएर विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले प्रश्न उठाएका थिए।उनले डब्ल्यूएचओले स्वीकृति नदिएकाे औषधिकाे प्रचार गरेर आम मानसकाे स्वास्थलाई जाेखिममा पारेकाे आराेप लगाएका थिए।

‘रेमडेसिवियर’ विरूद्ध डब्ल्यूएचओको भनाई सार्वजनिक भएपछि अमेरिकाको अर्को कम्पनी फाइजरले शुक्रबार एउटा घोषणा गर्दै आफ्नो खोपको इमर्जेन्सी प्रयोगका लागि युएस रेगुलेटर्ससँग मञ्जुरी माग्ने बताएको छ। 

फाइजरले आफ्नो खोप ९५ प्रतिशत प्रभावशाली भएको बताएको छ।

प्रकाशित मिति: : 2020-11-21 07:21:00

प्रतिकृया दिनुहोस्