घुमफिरको वातावरणलाई सहज बनाउन काम गरिरहेका छाैं: मन्त्री भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारले घुमफिरको वातावरणलाई सहज बनाउन काम गरिरहेको बताएका छन्। 

शुक्रबारदेखि सुरु युयान सांग्रिला फोटो प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन्।

यस्तै उनले वातावरण सहज भए नेपालमा बढी चिनियाँ पर्यटक आउने अपेक्षा गरिएको उनले बताए। 

‘सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्ने दौरानसमेत नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक रहेको थियो। प्रतिकुल अवस्थाका कारण यो अभियान सफल हुन सकेन। अवस्था सहज हुनासाथ चिनियाँ पर्यटकको आगमन बढ्ने छ,’ उनले भने।

उनले फोटो प्रदर्शनी जस्ता कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने उल्लेख गरे। 

उनले ठूलो जनसंख्या रहेको चिनियाँ पर्यटकलाई आकषिर्त गर्ने खालका उत्पादन नेपालसँग रहेको भन्दै त्यसको प्रवर्द्धनमा जोड दिएका छन्।

प्रकाशित मिति: : 2020-11-20 17:16:00

प्रतिकृया दिनुहोस्