‘थ्याङ्स गिभिङ डे’ मा यात्रा नगर्न अमेरिकीलाई सीडीसीको सुझाव

अमेरिकाको सेन्टर पर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले आफ्नो नागरिकलाई ‘थ्याङ्स गिभिङ डे’ को मौकामा यात्रा नगर्न अपील गरेको छ।

सीडीसीका निर्देशक डाक्टर हेनरी वेकले भनेका छन्, ‘हामी जति लामो यात्रा गर्छो। महामारीको खतरा त्यति नै बढी हुन्छ। यो सबैका लागि खतरनाक छ।’ 

उनले यात्रा नै गर्ने भए कोरोनाविरूद्ध तयार पारिएको निर्देशिकालाई पूर्णत पालना गर्न सबैलाई अनुरोध गरेका छन्। 

अमेरिकामा बढ्दो कोरोना महामारीका बीच सीडीसीले नयाँ निर्देशिका सार्वजनिक गर्ने सम्भावना पनि प्रबल छ। 

बेलायतबाट प्रकासित हुने ‘द गार्डियन’ पत्रिकाको रिपोर्टअनुसार अमेरिकाको केही राज्यमा हाल कोरोनाको अवस्था नियन्त्रण बाहिर गइसकेको छ। 

संक्रमित मात्र होइन, मर्नेको संख्या पनि बढ्नु शुभ संकेत नभएको उसले लेखेको छ। 

टेनिसीका संक्रमित केयरका निर्देशक एलिसन जोन्सनले भनेका छन्, ‘अवस्था भयावह बन्दै गइरहेको छ। हामी आशावादी छैनौं। कहिले अवस्था सुध्रिन्छ, हामीलाई नै थाहा छैन। मैले आफ्नो करिअरमा कहिल्यै यस्तो अवस्था भोगेको थिइन।’

प्रकाशित मिति: : 2020-11-20 12:48:00

प्रतिकृया दिनुहोस्