जर्जियामा पुनः मतगणना गर्दा ट्रम्प ९ लाख मतान्तरले हारे

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको जर्जियामा पुनः मतगणना गर्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन्। 

जर्जियामा यसअघि दुई उम्मेदवाबीचको मत अन्तर निकै कम रहेको पाइएपछि निर्वाचन अधिकारीहरुले पुनः मत गणनाको निर्णय गरेका थिए।

तर पुनः मत गणना गर्दा डेमोक्र्याटिक उम्मेदवार जो वाइडनले ९ लाख मतान्तरको जित हात पारेको जर्जियाका निर्वाचन अधिकारीहरुले जनाएका छन्।

यसअघि गरिएको मतगणनामा पनि बाइडन ट्रम्पभन्दा अगाडि थिए। तर, ट्रम्प पक्षले मतगणनामा आपत्ति जनाउँदै पुनः मतगणनाको माग गरेका थिए।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा बाइडनले ३०६ इलेक्टोरल कलेज भोट पाएका छन्। यता ट्रम्पले २३२ इलेक्टोरल कलेज भोट पाएका छन्। 

अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्छ। आवश्यकताभन्दा अत्यधिक धेरै मत प्राप्त गरेकाले ट्रम्पको माग अनुसार मतगणना गरेपनि नतिजा उल्टिने संभावना नरहेको निर्वाचन अधिकारीहरुको भनाइ छ।

यद्यपी ट्रम्पको निर्वाचन अभियानकी वरिष्ठ कानुनी परामर्शदाता जेन्ना एलिसले जर्जियामा पुनः मतगणना गर्दा पनि अवैध भोटहरु गणना गरिएकाले नतिजामा कुनै अन्तर नदेखिएको आरोप लगाएकी छिन्।
 

प्रकाशित मिति: : 2020-11-20 11:58:00

प्रतिकृया दिनुहोस्