हाफिज सइदलाई १० वर्षको जेल सजाय

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानको आतंकवादविरूद्धको एक अदालतले आतंकवादी संगठन जमात–उल–दावाका प्रमुख हाफिज सइदलाई १० वर्षको जेल सजाय सुनाएको छ।

उनीविरूद्ध आतंकवादी क्रियाकलापका लागि गैरकानुनी रूपमा रकम जुटाएको आरोपमा जेल सजाय सुनाइएको हो। 

यसको जानकारी पाकिस्तानी मिडियाले दिएको छ। 
 
१७ जुलाईमा हाफिज पक्राउ परेका थिए। 

भारतले उनी मुम्बईमा आतंकवादी हमला गराउन उनको विशेष हात भएको आरोप लगाउँदै आइरहेको छ।

प्रकाशित मिति: : 2020-11-20 09:19:00

प्रतिकृया दिनुहोस्