भारतको अहमदाबादमा आजदेखि कर्फ्यू घाेषणा

भारतको अहमदाबादमा कर्फ्यू लगाइने भएको छ।

अहमदाबादमा कोरोना भाइरस संक्रमित बढ्दै गएकाले गुजरात सरकारले आज (शुक्रबार)देखि रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको हो।

Discover Local Life in Ahmedabad, India's First UNESCO World Heritage City

अधिकारीहरुका अनुसार कर्फ्यू राति ९ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। तर जारी गरिएकाे कर्फ्यू कहिलेसम्म रहन्छ भन्ने खुलाइएको छैन।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गुजरातमा अहिलेसम्म ३८३० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

अहमदाबादमा मात्रै  ४६ हजारभन्दा धेरै संक्रमित रहेकाे मन्त्रालयलले जनाएकाे छ।  

55 new coronavirus positive cases in Gujarat; Ahmedabad hotspot | India  News – India TV

यस्तै पछिल्लो २४ घण्टामा थप ४६ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ८४ लाख २७ हजार १६ जना संक्रमणमुक्त भएका छन्।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा थप ५८४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २०२ पुगेको छ।

प्रकाशित मिति: : 2020-11-20 08:11:00

प्रतिकृया दिनुहोस्