भारतीय सुरक्षाकर्मीको इन्काउन्टरमा जैस ए मोहम्मदका चार लडाकु मारिए

भारतको नियन्त्रणमा रहेको जम्मु–कश्मीरको नगरौटामा भारतीय सुरक्षाकर्मीको इन्काउन्टरमा चार चरमपन्थी मारिएका छन्। 

जम्मु कश्मीर प्रहरीका अनुसार बिहीबार बिहान बन टोल प्लाजा नजिकै यो घटना भएको हो। यो इन्कान्टरमा प्रहरी, सीआरपीएफ र भारतीय सेना संलग्न थिए।

कश्मीरका डीजीपी दिलबाग सिंहले मारिएका चरमपन्थीहरु जैस ए मोहम्मदका लडाकुहरु रहेको दाबी गरेका छन्। 

उनका अनुसार लडाकुहरु  ट्रकमा सवार थिए र कश्मीर घाटीतर्फ जाँदै थिए। 

तर, जम्मुको नगरोटामा नै यो ट्रक समातिएको उनले बताएका छन्। यो घटनापछि अहिले उक्त क्षेत्रको सुरक्षा बढाइएको छ। उनीहरु के उद्देश्यले आएका थिए भन्ने विषयमा अहिले अनुसन्धान चलिरहेको डीजीपी सिंहले बताए।

प्रकाशित मिति: : 2020-11-19 14:22:00

प्रतिकृया दिनुहोस्