सुनसरीको बराहक्षेत्रमा खैरो हिरोइनसहित दुईजना पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिकामा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् ।

बराहक्षेत्र ७ बोराबाधबाट २८ वर्षीय रामकुमार यादव र २३ वर्षीय श्रवणकुमार चौधरीलाई बुधबार बेलुका पक्राउ गरिएको हो।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बेलुका ६ बजे को ४ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार दुवैजनाबाट ३ ग्राम २२ मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

पक्राउ परेका दुवैलाई सुनसरीकै कोशी गाँउपालिकाका स्थानीय भएको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-11-19 13:04:00

प्रतिकृया दिनुहोस्