बुटवलमा गुल्मीका थप एक संक्रमितको मृत्यु

 कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा गुल्मीका थप एक संक्रमितको मृत्यु भएको छ।

सत्यवती गाउँपालिका ६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।

अनुसार कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पताल भर्ना भएका थिए।

याेसँगै गुल्मीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ। 

प्रकाशित मिति: : 2020-11-19 09:18:00

प्रतिकृया दिनुहोस्