अनुशासन, भय र सम्मान मिलेर बनेको व्यक्तित्व थियो, पिताको । यो अघिल्लो पुस्तासम्मको कुरा हो । किनभने अहिले पिताको व्यवहार र भूमिका बद्लिएको छ । साथसाथै बच्चाले आफ्ना पिताप्रति राख्ने दृष्टिकोण र आस्था पनि फेरिएको छ । किनभने अहिलेका पिताहरु आफ्ना बच्चाका लागि अभिभावक वा मार्गदर्शक मात्र नभएर एक हितैषी मित्र बराबर हुन पुगेका छन् ।
विगतमा पनि पिताले आफ्ना बालबच्चालई उत्तिनै प्रेम गर्थे । बालबच्चाको भविष्यप्रति उत्तिनै चिन्तित हुन्थे । तर, उनीहरुले आफ्नो भावनालाई व्यक्त गर्दैनथे । कसरी बच्चा हुर्काउने ? के गर्ने, के नगर्ने ? कस्तो व्यवहार गर्ने भन्ने कुराहरु पनि उति सोधीखोजी गर्दैनथे । उनीहरु आफ्नै परिपक्क अनुभवको आधारमा बालबच्चालाई स्वतन्त्र ढंगले हुर्कन दिन्थे । एक किसिमले आफ्नै बच्चासँग पनि दुरी बनाएर बस्थे, ताकि बच्चा आफुमाथि हावी नहोस् । आफुसँग थोरै भएपनि डर राखोस् । जब आफुसँग डराउँछन्, तब अनुशासन पालना गर्छन् । आज्ञाकारी हुन्छन् । यही सोचाईले विगतमा पिताहरुले आफ्नो बच्चासँग धेरै हेलमेल पनि हुँदैनथे । बच्चा रुनसाथ काखमा लिएर खेलाउने गर्दैनथे । बच्चाको समस्या सुनेर भावुक हुँदैनथे । तर, अहिलेका पिताको व्यवहार बद्लिएका छन् ।