धनुषामा अर्केष्टाको नाच हेर्न गएकी बालिका बलात्कृत

संकेतिक तस्वीर
संकेतिक तस्वीर

घनुषामा एक १६ वर्षीय बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन। 

धनुषाधाम नगरपालिका ४ गौरीपुरमा दीपावलीको अवसरमा राखिएको अर्केष्टाको नाच हेर्न गएकी गणेशमान चारनाथ नगरपालिका ११ की बालिकालाई दुई युवकले सामूहिक बलात्कार गरेका हुन्।

पिसाब फेर्न निस्किएकी बालिकालाई रक्सीले मातेका युवाकले बलात्कार गरको प्रहरीले जनाएको छ।

उक्त किशोरीको मुख थुनेर कार्यक्रम स्थलबाट १ किलो मीटर पर लगेर बलात्कार गरेको प्रहरीकाे भनाइ छ।

चिच्याई रहेकी किशोरिको आवाज सुनेर नाच समिति र दर्शकहरू घटनास्थलमा पुग्दा स ५ प ७३८१ नम्बरको टिभिएस स्टारसिटी मोटरसाइकल, एक जोडी जुता, एक जोडी कपडासमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ। 

पीडित किशोरीको बयानअनुसार आरोपितमध्ये एक जना सन्तोष यादव रहेका छन् भने अर्का एक जनाको पहिचान खुलेको छैन।

बरामद गरिएको मोटरसाइकल लगायत उक्त सामानहरु इलाका प्रहरी चौकी सबैलाको मातहतमा रहेको अस्थायी प्रहरी चौकी बरमझियामा राखिएको छ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-11-17 14:51:00

प्रतिकृया दिनुहोस्