मोरङकी काेराेना संक्रमित महिलाको धरानमा मृत्यु

मोरङकी एक कोरोना संक्रमित महिलाकाे उपचारको क्रममा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको मृत्यु भएको छ।

गत कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भए मिक्लाजुङकी ७५ वर्षीया महिलाकाे मंसिर १ गते बेलुकी ७ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।


उनका अनुसार ८ गतेदेखि उनी बी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन्।

प्रकाशित मिति: : 2020-11-17 11:06:00

प्रतिकृया दिनुहोस्