खुलामञ्चमा खाना खान आउने मजदूरलाई भाइटीका

‘हण्ड्रेड ग्रुप’ र ‘हाम्रो टीम नेपाल’ले खुलामञ्चमा खाना खान आउने मजदूरलाई भाइटीका लगाइदिएको छ।

कोरोना महामारीका कारण बेरोजगार बनेका उनीहरूलाई आज बिहान भाइटीका लगाइदिनुका साथै सेलरोटी लगायतका परिकार खुवाइएको हण्ड्रेड ग्रुपका संयोजक अन्शु यादवले जानकारी दिए। 

कोरोनाका कारण रोजगारी गुमेकाहरूलाई हाम्रो टीम नेपाल, हण्ड्रेड ग्रुप, हाम्रो सानो प्रयास लगायतका संस्थाहरूले गत चैतदेखि काठमाडौंको खुलामञ्च र पशुपति क्षेत्रमा खाना खुवाउँदै आएका छन्। 

उनीहरुलाई बिहान, दिउँसो र बेलुका गरी तीन पटक खाना खुवाइन्छ।

तर काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउन अवरोध गरेको छ।  

अब त्यही ठाउँमा खाना प्याकिङ गरेर वितरण गरिने हण्ड्रेड ग्रुपका संयोजकयादवले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-11-16 20:09:00

प्रतिकृया दिनुहोस्