कोरोना भाइरसको संक्रमणबाट दुई डाक्टरको मृत्यु भएको छ।
वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा सुनिल झा र डा नारायणबहादुर थापाको मृत्यु भएको हो।
कात्तिक दोस्रो साता कोरोना संक्रमण पुष्टि भएका झालाई रेमडिसिभिरका साथै प्लाज्मा समेत दिइएको थियो। तर मल्टी अर्गान फेलियर भएपछि त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ।
मधुमेह र पार्किन्सन्सकोसमेत समस्या भएका डा.झालाई सुरुमा नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई त्रिवि शिक्षण अस्पताल रेफर गरिएको थियो।
परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण भएको थियो। परिवारका अन्य सदस्य भने कोरोना मुक्त भएका छन्।
झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान -आईओएमंका प्राध्यापक समते हुन्।
यता डा. थापाको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो। उनी नेपाल बर्न सोसाइटी र इशान अस्पतालका अध्यक्ष हुन्।