अमेरिकी विदेशमन्त्री पोम्पेओ सात देशको भ्रमणमा जाने

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा जाने भएको समाचारमा जनाइएको छ। उनी शनिबार नै युरोप र मध्यपूर्वका केही देशको भ्रमणमा निस्किन लागेकाे बताइएकाे छ। उनी यस भ्रमणका क्रममा वेस्ट ब्यांकमा पनि जाने भएको जानकारी दिइएको छ।

अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित हुनुभएको छ। वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएपछि अमेरिकी विदेशमन्त्री पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन्।

अमेरिकाका राष्ट्रपतिले हालै सम्पन्न निर्वाचनको परिणाम अस्वीकार गरेर देशमा अन्योल छाएको बेलामा ट्रम्प प्रशासनका विदेशमन्त्री भने लामो विदेश भ्रमणमा निस्किन लागेकाे भन्दै अमेरिकी सञ्चारमाध्यमहरुले टिप्पणी गरेका छन्।

उनी फ्रान्स, टर्की, जर्जिया, इजरायल, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबिया जाने छन्। उनीको यो विदेश भ्रमणलाई अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएपछि गरिने एक महत्वपूर्ण भ्रमणका रुपमा पनि लिइएको छ।

वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएका छन्। त्यसपछि पनि निर्वाचनमा धाँधली भएकोले आफूले परिणाम स्वीकार नगर्ने चेतावानी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्।

तर पनि अमेरिकी विदेशमन्त्री पोम्पेओले भने हालै आयोजित एक कार्यक्रममा अमेरिकाको संक्रमणकालको यो व्यवस्थापन सजिलोसँग र सहज रुपमा हुने जानकारी दिएका थिए।

प्रकाशित मिति: : 2020-11-14 13:43:00

प्रतिकृया दिनुहोस्