कतार रोजगारीमा सिण्डिकेट लागू गर्ने म्यानपावरलाई कारवाही गर्न निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

कतार रोजगारीमा म्यानपावर कम्पनीहरुको सिण्डिकेटबारे छानबिन गर्न संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको छ।

सोमबार बसेको समितिको बैठकले नेपालबाट कतारमा श्रमिक पठाउनका  केही म्यानपावरले एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेपछि समितिले छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। 

एकाधिकार कायम गर्न खोजेको आरोप लागेका १७ म्यानपावरलाई स्पष्टीकरण सोधी छानबिन तथा अनुसन्धान गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ।

नेपालमा रहेको कतारी दूतावास र कतार भिसा सेन्टरले मिलेमतोमा १७ वटा म्यानपावरको नाम छनोट गरी सिण्डिकेट कायम गर्न खोजेको भन्दै यसबारे तत्काल छानबिन हुनुपर्ने व्यवसायीहरुको माग छ।

प्रकाशित मिति: : 2020-11-11 13:05:00

प्रतिकृया दिनुहोस्