ट्रम्पलाई जागिरका लागि यरुसलम नगरपालिकाको प्रस्ताव

अमेरिकी राष्ट्रपति चुनावमा पराजय भोगेका डोनाल्ड ट्रम्पलाई जागिरका लागि प्यालेस्टाइनको यरुसलम नगरपालिकाले प्रस्ताव गरेको छ। 

डेमोक्र्याट उम्मेदवार जो वाइडेनसँग पराजय भोगेका ट्रम्प अझैं कानुनी दाउँपेचमा छन्। उनले चुनावको नतिजालाई आफूले नस्विकार्ने तथा ह्वाइट हाउस नछोड्ने बताएका थिए। 

तर, यरुसलम नगरपालिकाले सोसल मिडियामा एउटा पोस्ट सार्वजनिक गर्दै भनेको छ, ‘ट्रम्प ध्यान दिनुस्। तपाईले चिन्ता गरिरहनु पर्दैन। हामीसँग जागिरका लागि धेरै पद छ। तपाई यसका लागि योग्य उम्मेदवार बन्नसक्नु हुन्छ।’

यरुसलम पोस्टले फेसबुक पेजमा सार्वजनिक गरेको यो पोस्टलाई नगरपालिकाले छिट्टै हटाएको पनि बताएको छ। नगरपालिका प्रवक्ताले मिडियालाई जानकारी दिएअनुसार पोस्ट असावधानीवस अपलोड भएको थियो। त्यसैले छिट्टै हटाइएको हो।
 
यरुसलम नगरपालिकाको फेसबुक पेजमा ट्रम्पलाई चिन्तित नहुन भनिएको थियो। ट्रम्प प्रशासनले डिसेम्बर २०१७ मा यरुसलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिएको थियो। यो अमेरिकी विदेश नीतिभन्दा नितान्त भिन्न थियो। 

यसले तेल अवीवबाट अमेरिकी दुतावास हटाउन सहयोग पुगेको थियो। ट्रम्पको यो निर्णविरूद्ध अन्तर्राष्ट्रियस्तरमा मात्र होइन, देशभित्र पनि विरोध भएको थियो। 

ट्रम्पले २०१६ मा भएको चुनाव अगाडि नै आफू राष्ट्रपति भए यरुसलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने बताएका थिए।

प्रकाशित मिति: : 2020-11-10 10:47:00

प्रतिकृया दिनुहोस्