निर्वासित पूर्वराष्ट्रपति मोरालेस बोलिभिया फर्के

अष्ट्रेलिया निर्वासिनमा रहेका बोलिभियाली पूर्वराष्ट्रपति इभो मोरालेस स्वदेश फर्केका छन्। 

गत नोभेम्बरमा दक्षिणपन्थी पार्टीहरुलाई साथ दिएर सेना र प्रहरीको नेतृत्वले विद्रोह गरेपछि मोरालेसले देशमा गृहयुद्ध हुन नदिन भन्दै राष्ट्रपति पदबाट राजिनामा दिएर अर्जेन्टिना निर्वासित भएका थिए। 

हालै भएको राष्ट्रपति निर्वाचनमा उनको ‘समाजवादउन्मुख आन्दोलन पार्टी’ (मास)ले बहुमत प्राप्त गरे लगत्तै सोमबार स्वदेश फर्केका हुन। 

गत अक्टोबर १४ मा भएको निर्वाचनको परिणाम बोलिभियाको सर्वोच्च निर्वाचन परिषद्ले २३ अक्टोबरका दिन घोषणा गरेको थियो। अन्तिम मत परिणाम अनुसार मास पार्टीका उम्मेदवार लुइस आर्से ५५.१० प्रतिशत मतका साथ राष्ट्रपतिमा निर्वाचित भएका छन्। 

मत परिणाम सार्वजनिक भए लगत्तै पूर्वराष्ट्रपति मोरालेसले बारम्बार दोहोर्‍याउदै आएको वाक्य  राखेर ुमास पार्टीले स्पष्ट विजय पाएको छ। मास पार्टीले आफ्नो प्रतिवद्धता पूरा गरेको छ, हामी पुनः दसौं लाखको सङ्ख्यामा पुगेका छौं। निर्वाचनमा दसौं लाख बोलिभियाली जनताले शान्तिपूर्वक मतदानमा भाग लिए र देशको बहुराष्ट्रिय प्रजातन्त्रप्रति आफ्नो समर्थन पुष्टि गरे। सङ्क्रमणकालीन सरकार र सेनाले जनमतको कदर गर्नुपर्छ,ु ट्वीट गरेरका थिए।

संरा अमेरिकाकाको समर्थनप्राप्त समूहले उनी विरुद्ध सैनिक विद्रोह गरेको थियो। बोलिभियामा बारम्बार सैनिक विद्रोह भएको र त्यसविरूद्ध जनसङ्घर्षले हुँदै आएको इतिहास भेटिन्छ।

उनी अपदस्त भएपछि बनेको संक्रमणकालीन सरकारले कैयौं निर्धन उत्थानका कार्यक्रमहरु स्थगन र खारेज गर्नुकासाथै सरकारी खानी र उद्योगधन्दाको निजीकरणमा जोड दिएको थियो। बोलिभियाको संसद्ले कोरोना महामारी र लकडाउनबाट पीडित जनतालाई सहयोग गर्ने प्रस्ताव र योजना पारित गरे पनि त्यसलाई लागू गर्न आलटाल गर्दै आएको थियो।

मोरालेसको कार्यकालमा बोलिभिया ल्याटिन अमेरिकी महादेशमै सबैभन्दा बढी आर्थिक वृद्धिदर कायम गर्दै विकासको पथमा लम्किरहेको थियो। एक वर्षको गत्यावरोधले आर्थिक विकास र सामाजिक कल्याणका योजना कार्यान्वयन गर्न कठिन भएको त्यहाँका संचार माध्यमले जनाएका छन्।

हँसिलो मुद्रामा पासो इन्टरनेसनल एयरपोर्टमा देखिएका मोरालेसले सत्तामा रहेका दक्षिणपन्थीलाई लक्षित गर्दै भने, 'यदि उनीहरुसित कुनै वैधानिकता बाँकी छ भने त्यो भनेको अविलम्ब राजीनामा गर्ने मात्र हो। निश्चय नै उनीमाथि मुद्दा चलाइनुपर्छ र सजाय गरिनुपर्छ ताकि ल्याटिन अमेरिकी र क्यारिबियाली राज्यहरुले आफूलाई उनीहरुको टिमले थप हानी पुर्‍याउन नसकोस्। तिनीहरुले कतै पनि जनमतको र जनताका इच्छाहरुको कदर गरेका अभिलेख छैनन्। उनीहरुको कदमका कारण मानव अधिकारको व्यापक हनन र मानवता विरुद्धको अपराध समेत बोलिभियामा भए। हामी ती सबैका लागि आईसीसीमा मुद्दा चलाउन रिट दायर गर्नेछौं।'

प्रकाशित मिति: : 2020-11-10 09:01:00

प्रतिकृया दिनुहोस्