आर्सनल एस्टन भिल्लासँग पराजित

आर्सनल इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लासँग पराजित भएको छ।

घरेलु मैदानमा  भएकाे खेलमा एस्टन भिल्लाले आर्सनललाई ३–० ले हराएको हो।

इमिरेट्स स्टेडियममा भिल्लाको जितमा ओली वाट्किन्सले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो। खेलको पहिलो मिनेटमा नै जोन म्याक्जिनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा एस्टन भिल्ला अग्रता लिनबाट चुकेको थियो।

२५औँ मिनेटमा बुकायो साकाको आत्मघाती गोलबाट एस्टन भिल्लाले अग्रता बनाएकाे थियाे। 

७२औँ मिनेटमावाट्किन्सले गोल गर्दै एस्टन भिल्लाको अग्रता दोब्बर पारे। ७५औँ मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लाको जित सुनिश्चित गरे।

यो जितसँगै एस्टन भिल्ला ७ खेलबाट १५ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ। पराजित आर्सनल १२ अंकसहित ११औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-11-09 07:36:00

प्रतिकृया दिनुहोस्