ऋषि धमलालाई कोरोना संक्रमण

 पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 धमलाले कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका थिए।

उनले आइतबार कोरोना रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए। 

उनी अहिले घरमै आइसोलेसनमा बसेका छन्।  आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

प्रकाशित मिति: : 2020-11-08 18:56:00

प्रतिकृया दिनुहोस्