कानूनी विवादहरु टुंगो नलागेसम्म वाइडेनलाई बधाई नदिने मेक्सिकोका राष्ट्रपतिकाे घाेषणा

बिएल संवाददाता

न्यूयाेर्क

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले चुनावलाई लिएर दायर मुद्दाहरुको टुंगो नलागेसम्म जो बाइडेनलाई बधाई नदिने बताएका छन्। 

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका वाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिस विजयी भइसकेका छन्।

उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनाको आइरो लागिरहेको छ। 

तर छिमेकी देश मेक्सिकोका राष्ट्रपतिले वाइडेनलाई बधाई तथा शुभकामना दिनु हतारो हुने बताएका छन्।

उनले कानूनी रुपमा विवादहरु टुंगो नलागेसम्म बधाई नदिने बताएका हुन्।

चार वर्ष पहिले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने दाबी गरेर चुनाव लडेका ट्रम्प विजयी भएका थिए।

प्रकाशित मिति: : 2020-11-08 13:47:00

प्रतिकृया दिनुहोस्