टेकनारायण रिमाल ‘कौशिक’
बाबियो
हुन त घाँस हो
हरियो रङ तैपनि
कोही
सुन्दरीको केश
हो नै लाग्दछ
हेर्दा
लालीगुराँसले
पाखा सज्जित रम्य पर्वत
पन्नाका
हरिया रेशा
चुलीमा लहराउँछन्
यस्तो
सुन्दर सृष्टिको
सामग्री बटुलीवरी
बौलाहा कविले
लेख्यो कविता
यो भयावह
बाँसमा
बाँस जोडेर ढाँचा
कङ्काल पार्दै
खर,
पराल बाँधेर
हात खुट्टा र टाउको
माटो लेसेर
हाँडीमा
बाबियो चुल्ठी गरी
कमेरे भूइँमा
गोल,गोलका धुम्र लोचन
काँढा गाडेर
दुम्सीका
बक्र मुख करालमा
तीखा,
जहरिला,
लामा दाह्रा दाँत बनाउँदै
पातोले
या त
पातैले
मोहोरी ठाउँ ठाउँमा
भित्र भित्र
घुसारेर
गहुँका नलका नसा हाली
नसा नसाभित्र
रगत रक्तबीजको
ती
खाली प्वालमा
केही काटिएका
नसाहरू
तप्किनी
तप्किएजस्तै
तप् तप् तप् तप्किँदा
अहो!
सारा संरचना खान
मानौ प्रलय तप्कियो
सानैमा,गहुँबारीमा
चरा उडाउनाकन भनी
बनाई टाँगेका
डर लाग्दा बुख्यांचा
देख्दा
मनमा मेरो
जस्तो डर पह्लाउँथ्यो
लाखौँ गुणा बढी
आज त्यस्तै किसिमको डर
करोडौँ मुटुमा
हाली ज्वाला
कल्पान्तको
कड़ा
कविता
भूत भै जागी
भित्ताबाट झरी
तल
ठक्, ठक्, ठक्, ठक् गरी
हिँड्दा अँध्यारो मध्यरात्रिमा
मुटु
ढुक् ढुक् नभै
सातो नगै
को रहला
खडा?
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया