टेकनारायण रिमाल ‘कौशिक’
बाबियो
हुन त घाँस हो
हरियो रङ तैपनि
कोही
सुन्दरीको केश
हो नै लाग्दछ
हेर्दा
लालीगुराँसले
पाखा सज्जित रम्य पर्वत
पन्नाका
हरिया रेशा
चुलीमा लहराउँछन्
यस्तो
सुन्दर सृष्टिको
सामग्री बटुलीवरी
बौलाहा कविले
लेख्यो कविता
यो भयावह
बाँसमा
बाँस जोडेर ढाँचा
कङ्काल पार्दै
खर,
पराल बाँधेर
हात खुट्टा र टाउको
माटो लेसेर
हाँडीमा
बाबियो चुल्ठी गरी
कमेरे भूइँमा
गोल,गोलका धुम्र लोचन
काँढा गाडेर
दुम्सीका
बक्र मुख करालमा
तीखा,
जहरिला,
लामा दाह्रा दाँत बनाउँदै
पातोले
या त
पातैले
मोहोरी ठाउँ ठाउँमा
भित्र भित्र
घुसारेर
गहुँका नलका नसा हाली
नसा नसाभित्र
रगत रक्तबीजको
ती
खाली प्वालमा
केही काटिएका
नसाहरू
तप्किनी
तप्किएजस्तै
तप् तप् तप् तप्किँदा
अहो!
सारा संरचना खान
मानौ प्रलय तप्कियो
सानैमा,गहुँबारीमा
चरा उडाउनाकन भनी
बनाई टाँगेका
डर लाग्दा बुख्यांचा
देख्दा
मनमा मेरो
जस्तो डर पह्लाउँथ्यो
लाखौँ गुणा बढी
आज त्यस्तै किसिमको डर
करोडौँ मुटुमा
हाली ज्वाला
कल्पान्तको
कड़ा
कविता
भूत भै जागी
भित्ताबाट झरी
तल
ठक्, ठक्, ठक्, ठक् गरी
हिँड्दा अँध्यारो मध्यरात्रिमा
मुटु
ढुक् ढुक् नभै
सातो नगै
को रहला
खडा?
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया