सधैँ गुल्जार हुने ठमेल पुरानो लयमा कहिले फर्केला ?

थाहा खबर

काठमाडौं 

काठमाडौं : मुलुक कोरोना महामारीको दलदलमा फसिसकेको छ। सबैभन्दा बढी कोभिड-संक्रमितको संख्या काठमाडौं उपत्यकामा छन्। देशभरका सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा छन्।

काठमाडौंका अधिकांश मानिसहरु संक्रमित भइ यतिखेर अस्पताल र होम आइसोलेसनमा छन्। बजारमा मानिसको बाक्लो उपस्थित देखिन्न, खासै भिड छैन र व्यापारीहरू निराश छन्।

लकडाउन र निषेधाज्ञा खुलेसँगै, बजार खुल्ने र नागरिकको जीवन सामान्योमुख तर्फ गइसकेको छ। यसपटक विगत वर्षको चाडपर्व जस्तै सहरका मुख्य-मुख्य चोकहरुमा भिडभाड पनि भएनन्।

सधै गुल्जार हुने ठमेल कोभिड महामारी सुरु भएपछि सुनसान बनेको छ। यतिखेर विदेशी पर्यटकको घुइँचो लाग्नुपर्ने हुन्थ्यो तर, ठमेलका भित्री सडक सुनसान छन्।  

व्यापारीहरू दिन काट्न मात्र पसलमा बसेका जस्ता देखिन्छन्। स्थानीयमा ठमेल पुरानो लयमा फर्कन हो कि होइन त्यसको चिन्ता बढदै गएको छ। विदेशी पर्यटकको लागि नेपालको मौसमी वातावरण दोस्रो पर्यटकीय सिजन हो। तर, कोभिड महामारीले न विदेशी पर्यटक देखिन्छन्। पुस्तौदेखि व्यापार गर्दै आएका व्यापारी निरास छन्।  विश्वलाई  गलाएको महामारीले ठमेललाई पनि बाँकी राखेन।

प्रकाशित मिति: : 2020-11-06 11:59:00

प्रतिकृया दिनुहोस्