वीरगञ्ज, पर्सा र मकावनपुरमा थपिए ७ कोरोना संक्रमित

नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको पिसिआर परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार अबेररातिसम्म गरिएकाे परीक्षणमा पर्साका ३, बाराका ३ र मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालमा पर्साबाट गएको ५७ जना र बाराबाट आएको ६० जनाको स्वाबको नमुनालाई परीक्षण गरिएको अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरसियाले बिएल नेपाली सेवालाई जानकारी दिए।

पर्सामा थपिएका सम्पूर्ण संक्रमित वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन्। वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३, १३ र २० मा एक/एक जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएका सबै पुरुष २७ वर्षदेखि ३१ वर्ष उमेर समुहको रहेका डा चौरसियाले बताए।

चौरसिया अनुसार बारा जिल्लामा कलैया उपमहानगरपालिका वडा नम्बर १ मा एक जना र जितपुरसिमरा उपमहानगरपालिका २ मा दुई जना गरी ३ जनामा संक्रमण देखिएको छ। संक्रमितहरु सबै २१ वर्षदेखि ४४ वर्ष उमेर समुहका महिला हुन्।

त्यसैगरी मकवानपुरका एक जनामा पनि संक्रमण देखिएको छ। उनी हेटौँडा उपमहानगरपालिका ५ का २५ वर्षीय पुरुष हुन्।

संक्रमण पुष्टि भएकाहरुको सिटि भ्यालु १९ देखि ३० सम्म रहेको डाक्टर चौरसियाले बताए।
 

प्रकाशित मिति: : 2020-11-03 11:45:00

प्रतिकृया दिनुहोस्