उपचार गराउन आएका वृद्धको कोरोनाका कारण मृत्यु

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराउन आएका एकजना वृद्धको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। 

सोमबार उपचारका लागि अस्पताल भर्ना भएका धोबिनी गाउँपालिका ४ निवासी ५० वर्षीय वृद्धको मृत्यु भएको हो।

नारायणी अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरसियाका अनुसार श्वासप्रश्वास र उच्च ज्वरोको समस्या लिएर दिउँसो अस्पताल भर्ना भएका थिए। उनकाे उपचारको क्रममा साँझ साढे ४ बजे तिर मृत्यु भएको चाैरसियाले बताए।

उनको दुबैतिरको फोक्सोमा निमोनिया थियाे। यसका साथै श्वासप्रश्वासको समस्या देखिएकाे थियाे।

मृत्युपश्चात उनको स्वाबको नमुनालाई जिन एक्स्पर्ट प्रविधिबाट कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आएको डा चौरसियाले जानकारी दिए।

योसँगै पर्सामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

प्रकाशित मिति: : 2020-11-03 11:15:00

प्रतिकृया दिनुहोस्