अन्तरिक्षमा ‘गरुड’ रकेट उडाउने मिसनमा नेपाली विद्यार्थी

नेपाल खबर

काठमाडौँ
तस्बिर : नेपाल खबर

यज्ञराज जोशी

गत वर्ष नेपाली विद्यार्थीहरु आश्विनी खरेल, सृष्टि पौडेल, रमेश साउद, मोहन तामाङलगायतले बनाएको रकेटको डिजाइन ‘द स्पेसपोर्ट अमेरिका कप’मा अस्वीकृत भएको थियो।

द स्पेसपोर्ट अमेरिका कप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका कलेज र विश्वविद्यालयका विद्यार्थीहरुबीच रकेट उडाउने प्रतिस्पर्धा हुन्छ। अमेरिकामा हरेक वर्ष आयोजना हुने सो प्रतियोगितामा गत वर्ष विभिन्न देशका १२२ टोली सहभागी थिए।

प्रतियोगितामा विद्यार्थीहरुले आ–आफ्नो रकेटको डिजाइन प्रस्तुत गर्छन्। प्रतियोगिताको मापदण्डअनुसार विद्यार्थी टोलीले ठोस, तरल वा हाइब्रिड प्रोपेलेन्ट रकेटको डिजाइन बनाउने गर्छन्।

मापदण्डअनुरुप डिजाइन राम्रो भएमा तिनको रजिस्ट्रेसन हुन्छ र डिजाइनअनुरुप विभिन्न चरणमा छनोट हुँदै गएमा अन्त्यमा रकेट उडाउने अवसर प्राप्त हुन्छ।

दर्ता प्रक्रियामै डिजाइन अस्वीकृत भएपछि अघिल्लो वर्ष आफ्नो रकेट उडाउने नेपाली विद्यार्थीहरुको सपना अधुरै रह्यो।

प्रकाशित मिति: : 2020-11-02 20:39:00

प्रतिकृया दिनुहोस्