फिलिपिन्समा गोनी आँधीबाट ९० प्रतिशत भन्दा बढी भवन क्षतिग्रस्त

फिलिपिन्समा शक्तिशाली गोनी आँधीबाट ९० प्रतिशत भन्दा बढी भवनहरु क्षतिग्रस्त भएको हुन सक्ने रेडक्रसले जनाएको छ।

रेडक्रस फिलिपिन्सका अध्यक्ष डिक गोर्डनले सबैभन्दा पहिले आँधी प्रवेश गरेको  बजारका तस्वीर र भिडियो सार्वजनिक गर्दै उक्त आँकलन गरेका हुन्।

‘पहिलो आँधि पसेको बजारमा ७० हजार भन्दा बढीको बसोबास रहेको विराकका ९० प्रतिशत संरचना क्षतिग्रस्त भएको अनुमान गर्न सक्छ,’ उनले भने। 

आइतबार २२५ किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ। 

राजधानी मनिलासहितका क्षेत्रमा आँधीले जनजीवन प्रभावित भएको छ। सयौँ हजार मानिस बिस्थापित भएका छन्। अहिले सो आँधीको गति कमजोर भएको जनाइएको छ।

गोनी आँधीका कारण सञ्चार सेवा पनि अवरुद्ध भएको छ। जसकारण भिराक शहरमा बस्दै आएका ७० हजार मानिससँग सम्पर्क टुटेको छ।

सन् २०१३ मा आएको हाइना आँधीपछि गोनी सबैभन्दा शक्तिशाली आँधी रहेको अधिकारीहरुले बताएका छन्। हाइना आँधीकमा परि करिब ६ हजार मानिसको मृत्यु भएको थियो।

हाइयान आँधीपछि फिलिपिन्समा आएको यो सबैभन्दा शक्तिशाली आँधी मानिने गरिन्छ। गोनी यस वर्ष फिलिपिन्समा आएको १८ औँ आँधी हाे। 

गतहप्ता मात्र आएको मोलाभ आँधीमा परेर २२ जनाको मृत्यु भएको थियो। आँधीका कारण फिलिपिन्सका ग्रामिण क्षेत्रमा लगाइएको हजारौं हेक्टर कृषि उत्पादन नस्ट भएको छ।

आँधीका कारण फिलिपिन्समा हरेक वर्ष जुनदेखि डिसेम्बरसम्म हजारौं प्रभावित हुने गरेका छन्। आँधीका कारण सयौंको ज्यान जाने गरेको छ भने लाखौं डलर बराबरको क्षति हुने गरेको छ।

 

 

प्रकाशित मिति: : 2020-11-02 13:01:00

प्रतिकृया दिनुहोस्