ज्यान नै जोखिममा राखेर संक्रमितका सारथि बनेका प्रकाश

थाहा खबर

डडेल्धुरा
तस्बिर : थाहा खबर

प्रकाश पार्की

शरीरमा पिपिई सेट, मुखमा सर्जिकल मास्क र खुट्टामा जुत्ता। झट्ट हेर्दा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी जस्तै देखिन्छन् उनी। तर, उनी स्वास्थ्यकर्मी होइनन्। उनी हुन्, प्रकाश साउँद।

जिल्ला सदरमुकाममा कोरोना संक्रमितको संख्या बढेसँगै झोलामा गुर्जोसहित संक्रमितलाई आवश्यक सामग्री बोक्नु यहाँका स्थानीय साउँदको आजभोलि दैनिकी नै बनेको छ।

सामाजिक अभियन्ता साउँद पिपिई लगाई कोरोना संक्रमित रहेकै स्थानमा गई उनीहरूलाई आवश्यक सामग्रीसम्म पुर्‍याउँछन्। साथै संक्रमितलाई आवश्यक उपचारका सामग्री पुगाउँदै उनी उपचारमा सहयोगी बनेका छन्।

सानै उमेरदेखि सामाजिक कार्यमा अग्रसर देखिएका साउँद पछिल्लो समय जिल्लामा क्वारेन्टाइन निर्माणदेखि कोरोना संक्रमण भएका व्यक्तिहरूको हेरचाहमा व्यस्त छन्। होम आइसोलेसनदेखि अस्पताल भर्ना भएर उपचार गरिरहेका कोरोना बिरामीहरूसम्म गएर भेटघाट तथा आवश्यक सुझाव दिनु उनको दैनिकी नै बनेको छ।

कोरोना संक्रमितहरूको स्वास्थ्य अवस्था जटिल हुँदा बिरामीहरूलाई अस्पताल पुर्याउन पनि संक्रमितका आफ्न्तहरू नै छुँन मान्दैनन, एम्बुलेन्सहरूले बोक्न मान्दैनन् तर सामाजिक अभियान्ता साउद भने निर्धक रुपमा कोरोना संक्रमितहरूसँग साक्षात्कार गर्छन्। साथै संक्रमितहरूलाई हौसल्ला समेत प्रदान गर्दै आएका छन् उनी।

कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले समेत उपचार गर्न डराइरहेका बेला साउँद भने संक्रमितसँगै बसेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिई उनलाई बोकेर अस्पतालसम्म पुगाउँछन्।

कोरोना संक्रमतिलाई हेलाभन्दा पनि हौसला आवश्यक भएकाले आफूले दिनमा एकपटक कोरोना संक्रमितलाई भेटेर हौसला दिने अभियान संचालन गरेको उनी बताउँछन्।

प्रकाशित मिति: : 2020-10-31 12:10:00

प्रतिकृया दिनुहोस्