कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि स्पेन सरकारले देशभर रातिको समयमा कर्फ्यू लागू गरेको छ।
महामारीको दोस्रो लहर सुरु भएपछि प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागु गर्ने घोषणा गरेका हुन्।
यो नियम आइतबारदेखि लागु भएको हो।
प्रधानमन्त्रीले नयाँ नियम सुरुमा १५ दिनका लागि लागु गरिएको भएपनि ६ महिनासम्म लागू गराउनका लागि संसदसँग आग्रह गर्ने बताएका छन्।