मलाई घिन लाग्छ
ती मस्तिष्क भएका मानिसलाई
मानवको सम्बोधन गर्न
तिनीहरू त पृथ्वीका बोझ हुन्
डड्दै गरेको काठको पोचा हुन्।
दृश्य अदृश्य दुबै किसिमका
लामा अनि तिखा परेका घोचा हुन्
तिमी कसरी? मानव भन्न सक्छौ
कुनै दयाको पात्र बिना ।
तिनीहरू त आगो भन्दा पनि माथिका हुन्।
पोल्दै अनि छोड्दै जाने
आगोलेत कम्सेकम जलाएर खाक बनाउँछ
तर! ती मानिसहरूले तड्पाइ तड्पाइ जलाउँछन्।
अझैपनि तिमी मानव भन्छौ तिनलाई
म दोधारमा परेको छु।
मानव उसलाई मान
जसले न्यायको आवाज उठाएर
विजयको द्वारलाई कुनै शंका बिना खोल्छ
अनि ज्ञानको चेतना झल्काउँदै
प्रगति पाइलाहरू भेट्छ ।
मानव उसलाई मान
तिम्रो प्रत्येक कुरा बुझ्न सक्ने
तिम्रो प्रत्येक व्यथा सुन्न सक्ने
परि आएका खण्डमा
उठाएर शीरलाई
दुश्मन मार्न सक्ने ।
ती पृथ्वीका बोझाहरूलाई
न्यायको कुनै मतलब छैन
एउटा कुर्सी मिले ।
जिन्दगीलाई भुलाइ दिने
वाह! कस्ता मान्छेहरू हुन्
आफ्नो भाईलाई छुरी हानि
शाषन आफैँ चलाई दिने
तिमी लड प्रत्येक समाजसँग
तिम्रो जब तलक सम्मान हुँदैन।
बिना स्वार्थ बिना मतलब
चड्दै जाऊ द्वारसम्म
ती स्वास्थीहरूको अवश्य
हार हुनेछ ।
अनि बोध हुने छ।
म मानव हैन रहेछु ।
केवल पृथ्वीको बोझ रहेछु भनि
आफैँ बोध हुने छ।
रेवती कार्की
म्यान्मार