लक्षण भएका संक्रमितले दशैंमा सकेसम्म मासु कम खाऊँ

थाहा खबर

काठमाडौँ
फाइल तस्बिर

सविना खनाल

 दशैं पर्व रातो टीका र जमराका साथै खानपानका लागि पनि उत्तिकै महत्वपूर्ण छ। उहिलेको समयमा मासु खानका लागि दशैं नै कुर्नुपर्ने भएकाले पनि दशैंलाई टन्न मासु खाने पर्वको रूपमा लिने गरिन्थ्यो। अहिले पनि दशैं भन्नेबित्तिकै घरमा खसी काट्नैपर्ने, मासु खानैपर्ने मान्यता छ।

संसारभर महामारीका रूपमा फैलिरहेको कोभिड-१९ का कारण यसपालिको दशैं पहिलेको भन्दा कम चहलपहल देखिन्छ।  कोरोना संक्रमणको जोखिमसँग बच्नुका साथै उपत्यकासहितका धेरै ठाउँमा संक्रमण समुदायस्तरमा फैलिएपछि संक्रमित बढ्दै जान थालेका छन्। जसले गर्दा धेरै संक्रमित होम आइसोलेसनमै बसेर दशैं मनाउँदै छन्।

सकेसम्म लक्षण भएका संक्रमितले मासु नखाऊँ

यतिखेर ४० हजारभन्दा बढी सक्रिय संक्रमित होम आइसोलेसनदेखि अस्पतालसम्म उपचाररत छन्। त्यस्तै, एक लाख बढीको संख्यामा संक्रमण मुक्त भइसकेका छन्। संक्रमण मुक्त भइसकेकाहरुले भन्दा सक्रिय संक्रमितहरूले खानपानमा विशेष ध्यान दिनुपर्छ। सकेसम्म लक्षणसहितका संक्रमितले दशैंमा माछामासु धेरै नखाएको राम्रो हुन्छ। तर, कोरोना संक्रमितहरूलाई शरीर कमजोर हुने हुँदा लक्षणअनुसार धेरै चिल्लो पीरो नभएको मासु खाँदा भने राम्रै हुन्छ।

प्रकाशित मिति: : 2020-10-24 07:51:00

प्रतिकृया दिनुहोस्