विनिता बराल
मेरो एकजना मिल्ने अमेरिकन साथी ट्यामीले भनेकी थिई “यदि कफीको सट्टा मेरो कफी मेकरले वाइन ब्रिउ गर्थ्यो भने म मर्निङ पर्सन भनेर चिनिन्थे होला ।” उसले यसो भनेपछि म केही बेर ‘नाइस जोक’ भन्दै मज्जाले हाँसेँ ।
“म सिरियसली भन्दै छु” ट्यामी वाइन मनपर्ने कुरामा जोड दिँदै थिई । हुन पनि ट्यामीका घरका भित्ताभरि वाइनको चित्रकला झल्किन्छ । उसका घरभरि विभिन्न जात, ठाउँ र सालका रङ्गी चङ्गी वाइन सजिएका थिए । ट्यामी वाइन पिउनको लागि नै जन्मेकी हो । ट्यामी र ऊ जस्तै अन्य वाइनका पारखीहरूले पार्टीमा जमेर वाइन पिएर नयाँ वर्षको स्वागत गरे । मैले पनि अलिकता पिएँ ।
नयाँ वर्षको पार्टी सकेर घर फर्किँदै गर्दा ट्यामीमा कुरामा घोत्लिरहेँ म । वाइन त मलाई पनि मन पर्छ तर अहिले पनि खुलेर वाइन पिउँछु भन्न वा चाहे जति पिउँन सक्दिनँ । किन ? कसैको रोकटोकले होइन । म स्वतन्त्र छु आफूले चाहेको गर्न । तर वाइन बदनाम छ मेरो जीवनमा ।
खुसी र रमाइलोमा पिउने वाइन कसरी बदनाम हुन्छ ? केही अनुभव र केही घटना मिलेर भयो बदनाम वाइन ! झ्वाट्टै घटनातिर लान सकिनँ मैले यो स्मृति कथालाई । म सुरुवात गर्छु त्यहाँबाट जहाँबाट मैले नृत्यकला चिनेँ । मेरो जन्मस्थान चितवन...