रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न गुमाउने

इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाविरुद्धको गुमाउने भएका छन्।

कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा रहेका रोनाल्डोको दोस्रो परीक्षण रिपाेर्ट पोजेटिभ नै आएपछि उनले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अर्को साता हुने खेल गुमाउने भएका हुन्। 

पोर्चुगलबाट अन्तर्राष्ट्रिय खेल खेल्दा कोरोना पोजेटिभ भएपछि उनी ९ दिनदेखि आइसोलेसनमा बसिरहेका छन्। 

आइसोलेसनमा रहेका रोनाल्डोलाई कुनै लक्षण देखिएको छैन। 

यूईएफएको प्राेटाेकलअनुसार कोरोना संक्रमण भएपछि कुनैपनि खेलाडीले खेलभन्दा कम्तिमा ७ दिनअघि कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्नेछ। 

बुधबार बार्सिलोनासँग खेल्नका लागि रोनाल्डोलाई बिहिबारको नतिजा नेगेटिभ आउनुपर्ने थियो।

तर रिपाेर्ट पाेजेटिभ नै आएकाे छ। यसका साथैं युभेन्ट्सले एकभर्पदा खेलाडी गुमाएकाे छ। जसकाे प्रभाव टाेलिमा पर्ने स्पष्ट छ।

यता २ वर्षपछि बार्सिलाेनाका कप्तान र राेनाल्डाेलाई एकै साथ एकै मैदानमा हेर्न नपाइने पनि भएकाे छ।

 

प्रकाशित मिति: : 2020-10-22 19:44:00

प्रतिकृया दिनुहोस्