कोरोना संक्रमित नर्सको पीडा : संक्रमणबाट तङ्ग्रिन नपाउँदै ‘डाइपर’ लगाएर ड्युटीमा

रातोपाटी

काठमाडाै‌

काठमाडौं । कोभिड १९ बाट संक्रमित नर्सहरुले आफुलाई संक्रमण पुष्टि भएको १४ दिन नपुग्दै अस्पतालमा ड्युटी गर्न जानुपर्ने बाध्यकारी नियमले मानसिक र शारीरिक तनाव बढाएको बताएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण नभएका संक्रमितलाई १० र लक्षण भएकालाई १४ दिनमा डिस्चार्ज गर्ने मापदण्ड बनाएपछि सोही बमोजिम संक्रमित नर्सहरुलाई पनि अस्पतालहरुले १० दिन पुगेपछि ड्युटीमा बोलाउने गरेका छन् । तर, स्वस्थ नभइ काम गर्नुपर्दा उनीहरुले मानसिक र शारीरिक तनाव थेग्नुपरेको गुनासो गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगङ्जमा कार्यरत एक संक्रमित नर्स भन्छिन्, ‘म पनि संक्रमित हो । १० दिनपछि म ड्युटिमा फर्केपनि मलाई खासै समस्या छैन । तर, हाम्रो एकजना साथी संक्रमणमा परेको कार्तिक ५ गते बुधबार १४ दिन भयो । उनलाई कोरोना संक्रमणपछि कडा खालको लक्षण पनि देखिएको थियो । उनलाई लगातार पखाला समेत लागिरहेको थियो । यस्तो हुँदापनि १० दिनदेखि नै ड्युटीमा बोलाइयो,’ उनले रातोपाटीसँग गुनासो गरिन् ‘डाइपर लाएर ड्यिूटीमा खटिनुुपर्दा उनी बेहोस भएर लड्न पुगिन् ।’

प्रकाशित मिति: : 2020-10-22 15:34:00

प्रतिकृया दिनुहोस्