कोरोना संक्रमित पोखरा–९ कि ७० वर्षीया महिलाको आइतबार मृत्यु भएको छ ।
पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनलाई कोभिड–१९ बाहेक हाइपरटेन्सन सहितको निमोनिया रहेको अस्पतालले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।